निर्वाचन काँग्रेसले गराउँछ : पौडेल

१३ माघ, पोखरा । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली काँग्रेसले आगामी जेठ १५ गते भित्र संविधानसभाको निर्वाचान गराउने दाबी गर्नुभएको छ ।

पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति पौडेलले एकीकृत नेकपा माओवादीले इमान्दारीताका साथ पूर्व सहमति अनुसार नेपाली काँग्रेसलाई सरकार हस्तान्तर गरे जसरी पनि जेठमा चुनाव गराउने दाबी गर्नुभयो ।

काँग्रेसले चुनाव गराउन सक्छ भन्ने डरले माओवादीले सरकार नछाडेको भन्दै पौडेलले प्रचण्डलाई चुनावसँग नडराउन आग्रह गर्नुभयो ।


चुनाव गराउनका लागि काँग्रेस प्रयासरत भएको भन्दै निष्पक्ष संविधान सभाको निर्वाचन नै अहिलेको राजनीतिक निकासको उत्तम विकल्प हुने बताउनुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......