प्रधानमन्त्रीको हस्तक्षेपप्रति बेलायतका पत्रकारहरु रुष्ट


लण्डन, पुस २९- पत्रकार डेकेन्द्रराज थापालाई जिउँदै गाडी हत्या गर्ने कार्यका अभियुक्तहरु उन्मुक्ति दिने उद्देश्यले प्रधानमन्त्री बाबुराभ भट्टराई तथा महान्यायाधिवक्ताको कार्यालयबाट गरिएका हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघ, युके शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


शाखाले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई त्यस्ता हर्कतहरु तुरुन्त फिर्ता लिन र अभियुक्तहरु माथिको छानबिन प्रक्रियालाई स्वतन्त्र छाडिदिन आग्रह समेत गरेको छ।

पत्रकारिता पेशामा लाग्नेहरुका लागि नेपाल विश्वमै जोखिमपूर्ण मुलुक साबित भइरहेको सन्दर्भमा राज्यले अभियुक्तहरुमाथि कानुनी प्रक्रिया अघि बढाउन पहलकदमी लिनुपर्नेमा उल्टै वर्षौँपछि पक्राउ परेका अभियुक्तहरुलाई संरक्षण दिन प्रधानमन्त्री तथा सरकारको कसरतलाई शाखाले हाँस्याष्पद भनेको छ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......