‘उनीहरू आम्दानी स्रोत देखाउनुपर्ने
बाध्यता परेमात्र हतारहतार लाइसेन्स बनाइदिनुपर्यो भन्दै आउँछन्, नत्र भने
कर तिर्नेतर्फ ध्यान नै दिँदैनन्,’ उहाँले भन्नुभयो । उहाँ भन्नुहुन्छ-
“पूर्खादेखि नै व्यापार व्यवसाय गर्दै आइरहेकाले समेत कर तिर्दैनन्, तर
बाहिरबाट आएर यहाँ व्यवसाय गर्नेले भने नियमितरूपमा कर तिर्ने गरेका छन् ।”
व्यापार व्यवसाय गर्दै आइरहेकाले
अनिवार्यरूपमा कर तिर्नुपर्ने भए पनि जनशक्ति अभावका कारण पनि कर उठाउन
नसकिएको उहाँले स्वीकार्नुभयो । नगरपालिका क्षेत्रमा वाषिर्क रु एक करोड
व्यवसाय कर सङ्कलन हुने गरेको छ । यदि सबैले इमान्दार भई कर तिर्ने हो भने
यस क्षेत्रमा वाषिर्क रु दस करोड व्यवसाय कर सङ्कलन हुने उहाँले दाबी
गर्नुभयो ।नगर क्षेत्रमा करिव दस लाखको सङ्ख्यामा साना-ठूला पसल सञ्चालनमा
छन् । रासस
