कुमार लामालाई आज अदालत लगिँदै



११ माघ, काठमाण्डौं । युद्ध अपराध अभियोगमा बेलायतमा पक्राउ परी लण्डनको बेलमार्स थुनामा रहेका नेपाली सेनाका महासेनानी कुमार लामालाई आज अदालतमा उपस्थित गराईदैछ ।
लामालाई आज दोस्रो पटक अदालत लैजान लागिएको हो । उहाँको प्रारम्भिक सुनुवाइ लन्डनमा रहेको सेन्ट्रल क्रिमीनल कोर्ट ओल्ड वेलीमा हुन लागेको हेा । आजको सुनुवाइमा लामाको फैसलाका लागी न्यायाधिसले अर्को मिति तय गर्ने बताइएको छ । लामाको तर्फबाट
क्यूसी माइकल क्याप्लानले बहस गर्दे छन् । नेपालले लामालाई धरौटिमा रिहा गराउन चाहेकाले जमानतमा छुटाउन क्यापलानले अदालतलाई निवेदन गर्ने बताइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......