काठमाडौं, माघ ९ - कांग्रेसले
सरकार विरोधी आन्दोलन प्रभावकारी बनाउन आफ्ना ७५ केन्द्रीय नेतालाई जिल्ला
खटाएको छ। प्रतिपक्षी दलहरुको संयुक्त मोर्चाले यस अघि गरेको आन्दोलनका
कार्यक्रम फितलो भएको गुनासो आएपछि कांग्रेसले केन्द्रीय नेताहरुलाई जिल्ला
पठाउने निर्णय गरेको हो।
‘वर्तमान सरकारको सर्वसत्तावादी निरंकुश र स्वेच्छाचारी काम-कारवाहीविरुद्ध कांग्रेस लगायतका राजनीतिक दलले गर्ने विरोध प्रदर्शनका कार्यक्रम सफल बनाउन केन्द्रीय नेतालाई जिल्ला खटाइएको हो,' सोमबार केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतिपक्षी दलहरुले माघ ६ देखि २६ सम्मका लागि पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सरकारसँग वार्ता र संवादबाट सहमति ननिस्कने निष्कर्ष निकाल्दै आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको थियो।
दुई महिनाअघि राष्ट्रपति रामवरण यादवले संविधानको धारा ३८ (१) अनुसार सहमतीय सरकार गठनका लागि दिएको नवौं पटकसम्मका म्याद गुज्रँदासमेत निकास नपाएपछि प्रतिपक्षीहरुले आन्दोलनबाट सरकार हटाउने रणनीति बनाएका हुन्। उनीहरुले माओवादी सर्वसत्तावाद लाद्ने नीतिअनुसार सरकार नछाड्ने रणनीतिमा भएकाले आन्दोलन एउटा मात्र विकल्प हो भन्ने निष्कर्षमा पुगेका हुन्।
केन्द्रीय सदस्य भीष्मराज आङदम्वेलाई ताप्लेजुङ, सर्यमान गुरुङ पाँचथर, केशवकुमार बुढाथोकी इलाम, महेश आचार्य झापा, शेखर कोइराला संखुवासभा, मीना सुब्बा तेह्रथुम र मिनेन्द्र रिजाललाई भोजपुर खटाएको छ। त्यस्तै, महादेव गुरुङ मनाङ, ज्ञानेन्द्रबहादुर कार्की धनकुटा, पद्मनारायण चौधरी मोरङ, आमोदप्रसाद उपाध्याय सुनसरी, लक्ष्मी राई सोलुखुम्बु, सुजाता कोइराला खोटाङ, सीता गुरुङ ओखलढुंगा, कविताकुमारी सरदार उदयपुर, नारायण खड्का सप्तरी, बलबहादुर केसी सिरहा, मीना पाण्डे दोलखा र विमलेन्द्र निधि सिन्धुली खटिएका छन्।
केन्द्रीय सदस्य रामचन्द्र तिवारी रामेछाप, रामकुमार चौधरी धनुषा, आनन्दप्रसाद ढुंगाना महोत्तरी, उमाकान्त चौधरी सर्लाही, प्रकाशशरण महत रसुवा, नविन्द्रराज जोशी धादिङ र गोपालराज पहाडी काठमाडौंमा हुने जिल्लास्तरीय आन्दोलनमा सहभागी हुन खटिएका छन्। त्यस्तै, अम्बिका बस्नेत भक्तपुर, मनमोहन भट्टराई ललितपुर, रामशरण महत काभ्रे, अर्जुननरसिंह केसी सिन्धुपाल्चोक, नरेन्द्रविक्रम नेम्वाङ मकवानपुर, रमेश रिजा रौतहट र अजयकुमार चौरसिया बाराका लागि खटिएका छन्।
शशांक कोइराला चितवन, गगन थापा गोरखा, दिलबहादुर घर्ती कास्की, धनराज गुरुङ तनहुँ, चन्द्र भण्डारी अर्घाखाँची, बालकृष्ण खाँड नवलपरासीका लागि खटिएका छन्। त्यस्तै गोपालमान श्रेष्ठ पर्वत, पुष्पा भुषाल प्युठान, सुजाता परियार डोल्पा, पूर्णबहादुर खड्का दैलेख, महालक्ष्मी उपाध्याय सुर्खेत, गोविन्द भट्टराई बाजुरा, पुष्कर ओझा अछाम, दिलेन्द्रप्रसाद बढु दार्चुला, एनपी साउद डडेलधुरा र बद्री पाण्डे कञ्चनपुर खटिएका छन्।