१७ पुस, काठमाडौं । नेकपा एमाले प्रचार
विभाग प्रमुख प्रदिप ज्ञावलीले जेठ पहिलो साता निर्वाचन गर्ने गरी सहमति
नगर्ने भए एमाले वार्ताबाट बाहिरिने चेतावनी दिनु भएको छ ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा
ज्ञवालीले भन्नुभयो-’अब एमाले बार्ताको म्याराथुनबाट बाहिर निस्कन्छ ।
अर्थहिन वार्ताको नाटकमा बसेर हुँदैन । हाम्रो बार्ताको अहिलेसम्मको
सदासयतालाई कमजोरी
ठानियो । अब एमाले मुर्ख बनेर बस्दैन ।’ निर्वाचनको
सुनिश्चितता, संविधान संशोधन, रिक्त संवैधानिक आयोगको पदपूर्ति,
संविधानसभाको आकार, संविधानसभाले गरेका राम्रा कामहरु हस्तान्तरण र त्यसको
लागि सहमतिको सरकार यो प्याकेजमा सहमति नभई सहमति बन्नै नसक्ने भन्दै
उहाँले एमाओवादी निर्वाचन र संसद नहुँदा सत्ता लम्ब्याई रहन पाईन्छ भन्ने
सोचमा रहेको आरोप लगाउनु भयो ।
कार्यक्रममा कांग्रेस नेता दिपकुमार
उपाध्यायले समयमै सहमति नगर्ने भए मुलुकमा भयंकर दुर्घटना हुने र त्यसपछि
नेपालको राजनीति नेपालीको हातमा नहुने चेतावनी दिनुभयो ।
उहाँले अब पनि सहमति हुन नसके कांग्रेसले राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको पुनपर््राप्तिको रुपमा आन्दोलन गर्ने बताउनु भयो ।
