पोखरा, पुस २५- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले
प्रमुख तीन दलको एकाधिकारबाट मुलुक बन्धक भएकाले असफल राष्ट्र हुन लागेको
आरोप लगाएका छन्। मधेसी जनअधिकार फोरम नेपाल कास्कीको आयोजनामा आज यहाँ
भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब यो एकाधिकार तोडेर सर्वदलीय
बैठकबाट मुलुकलाई निकास दिनुपर्ने बेला आएको छ भने।
ताजा जनादेशबाट नयाँ संविधानसभाको निर्वाचन नभएसम्म मुलुकले निकास
पाउँदैन भन्दै उहाँले तीन/चार दिनभित्र संवैधानिक र ऐन कानुनी जटिलता
संशोधन गर्न सकिएन भने वैशाख महिनाभित्र चुनाव हुन नसक्ने र त्यसपछि
मुलुकमा अन्य जटिलता देखा पर्दै जाने बताए।
मङ्सिर ७ गते नयाँ निर्वाचन हुन नसकेपछि वर्तमान सरकारले वैधानिकता गुमाइसकेको स्पष्ट पार्दै यो सरकार हटेपछि मात्रै चुनावी सरकार गठन हुनुपर्नेमा जोड दिए। दुई वर्षको लागि भनेर बनेको संविधानसभाले चार वर्षसम्म पनि संविधान बनाउन नसकेपछि विघटन भइसकेको संविधान सभा पुनःस्थापना हुन नसक्ने ठोकुवा गर्दै उनले सङ्घीयता, समावेशीकरण र पहिचानलाई वञ्चित गरेर संविधान बनाउन नसकिने धारणा राखे।
मधेसी जनअधिकार फोरम नेपाल कास्कीका अध्यक्ष रामेश्वर पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा फोरमका सञ्जय यादव र रघुवीर मिजारले पनि बोलेका थिए। रासस