२ माघ, काठमाण्डौं । सरकारले बेलायतमा
पक्राउ परेको नेपाली सेनाका महासेनानी कुमार लामाको मुद्दा अघि नबढाई
तत्काल नेपाल फर्काउन बेलायती सरकारलाई औपचारिक पत्र पठाउने र कानुनी लडाई
पनि लड्ने निर्णय गरेको छ । यसका लागि सरकारले एक टोली बेलायत पठाउने भएको छ
।
सरकारले
उक्त निर्णयको मौखिक जानकारी लन्डनस्थित नेपाली दूतावासलाई दिइसकेको छ ।
औपचारिक पत्र मंगलबार पठाइने परराष्ट्रमन्त्रालयले जनाएको
छ । सरकारले
बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेलाई लामाका पक्षमा
मुद्दा लड्न अभिवक्ता खोजीका साथै त्यहाँको कानुनी प्रक्रियाका लागि डा.
सूर्य सुवेदीसँग सल्लाह गर्न निर्देशन दिएको स्रोतले बतायो ।
परराष्ट्रमन्त्री नारायणकावी श्रेष्ठ,
महान्यायाधिवक्ता मुक्तिनारायण प्रधान, नेपाली सेनाका वरिष्ठ अधिकारी,
कानुन, गृह र रक्षा मन्त्रालयका सचिव तथा कानुन क्षेत्रका विज्ञसँगको छलफल
पछि बेलायतलाई पठाउने पत्र तयार भएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ
।
