उर्लाबारी,माघ १३-
उर्लाबारी-मधुमल्ला-तोरीबारी सडक सङ्घर्ष समितिले सरकारसँग बजेट निकासा गरी काम सुरु गर्न माग गरेको छ । शुक्रबार प्रेस विज्ञप्ती निकालेर रोकिएको काम सुचारु गर्न समितिले सरकारसँग माग गरेको हो ।
४० बर्षदेखि निर्माण कार्य सुरु भएको सो सडकमा कालोपत्रे गर्न गत बर्ष सरकारले टेण्डर
आह्वान गरी काम शुरु गरेपनि आवश्यक बजेट निकासा नगरेपछि काम रोकिएको थियो । काम रोकिएपछि सो सडक धुलाम्य बनेकोले यथाशिघ्र बजेट निकासा गरी काम सुरु गर्न र सम्झौताअनुसारको मितिभित्र काम सम्पन्न गर्न समेत समितिले आग्रह गरेको छ । आगामी माघ २१ गतेदेखि रोकिएको काम सुचारु नगरे समितिले आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ । आन्दोलनअन्तर्गत २१ गते उर्लाबारी चोकमा रिले अनशन बस्ने, २३ गते आधा घण्टा चक्का जाम गर्ने, २४ गते एकघण्टा चक्का जाम गर्ने र २५ गते डेढ घण्टा चक्का जाम गर्ने समितिका अध्यक्ष मानबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।