काठमाडौं, पुस २९ (नागरिक)- प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले वार्ता र संवादबाट माओवादी सहमतिमा नआउने निष्कर्ष निकाल्दै आन्दोलन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका छन्।
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा शनिबार बसेको दुई
दलको बैठकले माओवादी सत्ता लम्ब्याउने रणनीतिमा मात्रै रहेकाले आन्दोलनबाट
सरकार हटाउने निचोड निकालेको हो।
‘अब जनताको घरमा पुगेर आन्दोलन उठाउनुको विकल्प छैन,' बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भने, ‘माओवादी कुनै न कुनै बहाना र नयाँ प्रस्ताव अघि सारेर सत्ता लम्ब्याउने रणनीतिमा देखिएकाले निर्णयक आन्दोलनलाई प्रभावकारी बनाउने सहमति गरेका हौं।'
राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि आठौंपटक दिएको समय सीमाभित्र पनि निकास ननिस्कने देखिएपछि प्रतिपक्षीहरुले आन्दोलनमा जाने मनस्थिति बनाएका हुन्।
सरकारको नेतृत्व गरेको एकीकृत माओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अघि सारेपछि प्रमुख तीन दलबीच औपचारिक छलफल हुन सकेको छैन। कांग्रेस एमालेले पुस मसान्तसम्ममा पनि सहमति नभए सरकार गठनको विधि परिवर्तन गरेर राष्ट्रपतिले नै सरकार बनाउनुपर्ने धारणा राख्दै आएका छन्।
कांग्रेस-एमाले बैठकलगत्तै एमाले शीर्ष नेताहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए। दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा माओवादीले कांग्रेस सभापति कोइरालाको नेतृत्व स्वीकार गर्न नसकिने दोहो¥याएको थियो। ‘हामीले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन समर्थन गरिसकेको हुनाले त्यसलाई स्वीकारर्नुस् भन्ने प्रस्ताव ग¥यौं,' बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘उहाँहरुले त्यो सम्भव छैन भन्दै नयाँ विकल्पमा जानुपर्ने धारणा राख्नुभयो।'
कोइरालाकै पक्षमा दृढ छौं
एमालेले राष्ट्रिय सहमतिको सरकारका लागि कांग्रेस सभापति सुशील कोइरालाकै पक्षमा आफूहरु दृढ रहेको प्रतिबद्धता जनाएको छ।
कांग्रेस शीर्ष नेताहरुको बैठकमा एमालेले पार्टीको केन्द्रीय कमिटी बैठकमा केही साथीहरुले अरु विकल्प पनि खुला गर्ने कि भन्ने धारणा राखे पनि उम्मेदवारै फेर्ने पक्षमा एमाले नरहेको प्रतिबद्धता जनाएको हो।
‘साथसाथै अरु त्यस्ता केही विकल्प छन् कि विचार विमर्श गरौं भनेर पार्टीका तर्फबाट कुरा राखेका छौं तर हामी कोइरालाकै पक्षमा दृढतापूर्वक खडा छौं,' एमाले उपाध्यक्ष वामदेव गौतमले बैठकपछि संवाददाताहरुसँग भने, ‘उहाँ (कोइराला) कांग्रेसको मात्रै होइन प्रतिपक्षी गठबन्धनकै उम्मेदवार हो।'