सहयोगीलाई विद्यालयको सम्मान

सोलुखुम्बु, माघ ९-सोलुखुम्बुको हिमालय उच्च माध्यामिक विद्यालय बासालाई दुई कोठे दुई वटा भुकम्प प्रतिरोधात्मक विद्यालय भवन बनाउने र ८ किलोवाट बराबर पेल्ट्रिक जडान गरिदिने छुट्टाछुट्टै सामाजिक संस्थालाई विद्यालयको स्वर्ण महोत्सवमा सम्मान गरिएको छ। भवन बनाउने संस्था द स्मल वर्ल्ड र विजुली दिने शेर्पा बालबालिका सहायता संघ लगायत विद्यालयलाई विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको हो।

महोत्सवका अवसरमा विद्यालयमा आयोजित एक समारोहमा उच्च माध्यामिक शिक्षा परिषदका सदस्य सचिब भिमलाल गुरुङले द स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पा र शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पालाई ताम्र पत्र सहित सम्मान गरेका हुन्।
उक्त अवसरमा द स्मल वर्ल्डका अध्यक्ष शेर्पाले आफ्नो संस्थाले फेरी दुई विद्यालय भवन र शौचालय बनाइदिने बताए।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......