ए डिभिजन लिगमा आज एनआरटी र जावलाखेल तथा आर्मी र मनाङ भिड्ने

२३ पुस, काठमाण्डौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फूटबलमा आज पनि दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्न साढे १२ बजे पछि हुने आजको पहिलो खेलमा सातौं स्थानको एनआएरटी बिरुद्ध १० औं स्थानको जावलाखेल मैदानमा उत्रदैछ ।
११ औं चरणका खेल सकिँदा एनआरटीले १६ अंक जोडेको छ भने समान
खेलमा १४ अंक जोड्दै जाउलाखेल युथ क्लब १० औं स्थानमा छ ।
यस्तै आज दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा छैटौं स्थानको आर्मीबिरुद्ध दोस्रो स्थानको मनाङ् मस्र्याङ्दी मैदानमा उत्रँदैछ । १२ औं चरणका खेल खेल्न मैदान उत्रिनु अघि मनाङ् मस्र्याङ्दीले २४ अंक सहित शीर्ष स्थानको थ्रीस्टारलाई टक्कर दिईरहेको छ भने आर्मी १८ अंकका साथमा लिग तालिकाको छैटौं स्थानमा छ ।
यस अघि आइतबार सम्पन्न खेलमा आरसीटीले शीर्ष स्थानको थ्रीस्टारलाई १-० गोलले पराजित गरेको थियो भने हिमालयन शेर्पालाई १-० गोलले पराजित गर्दै डिफेन्डीङ च्याम्पियन पुलिस क्लब पाँचौ स्थानमा उक्लिएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......