प्रधानसेनापति आज भारत जाँदै


२२ पुस, काठमाडौं । प्रधानसेनापति गौरव शम्शेर जबरा आज भारत भ्रमणमा जाँदैहुनुहुन्छ । भारतीय स्थल सेनाध्यक्ष विक्रम सिंहको निम्तोमा सेनापति भारत जान लाग्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भारतका क्रममा राष्ट्रपति प्रवण मुखर्जीले प्रधानसेनापति जबरालाई भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम छ । नेपाल र भारतका सेनापतिलाई एक अर्कोको मानार्थ महारथीको सम्मान दिने परम्परा रहादै आएको छ ।



सेनापति जबराले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुख तथा भारत सरकारका उच्चपदस्थ पदाधिकारीहरुसंग भेटघाट गर्नु हुनेछ । सेनापतिको भ्रमण दलमा ९ सदस्य छन् । प्रधानसेनापति जबरा माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......