गाउँमै घुम्ती माहुरी चरनबाट १२ लाख ५०
हजारबराबरको थोक तथा अन्य फुट्कर बिक्रीबाट सो बराबरको मह उत्पादन भएको
घुम्ती माहुरीपालक सर्लाहीका हेमराज देवकोटाले बताउनुभयो ।
युरोपियन मुलुकमा सफल मानिएको मेलिफेरा
जातको मौरीबाट मह काढ्दा पछिल्लो दुई महिनाको अवधिमा पाँच हजार किलो मह
उत्पादन भएको उहाँले बताउनुभयो ।
मुलुकमा बेरोजगारी बढ्दै गइरहेका बेला
गाउँमै रोजगारी प्राप्त गर्न सकिने उदाहरण देखाउँदै विभिन्न जिल्लामा
सहकारीमार्फत सङ्गठित भई देशका चितवन, गोरखा, सर्लाही नवलपरासी,
सुनसरीलगायतका जिल्लाबाट माहुरीपालनको सम्भावनाको अध्यनन गर्दै टोली
प्यूठान पुगेको हो ।
ढुङ्गेगढी क्षेत्रमा मौरीपालनका लागि
हावापानी, भौगोलिक बनौट र फूल फुल्ने वनस्पति प्रशस्त मात्रामा पाइने
भएकाले घुम्ती माहुरीका गोला चरनका लागि लगिएको टोलीले जनाएको छ ।
प्युठानमा गोरखाबाट २७, चितवनबाट ६०,
सुनसरीबाट ४७ र सर्लाहीबाट ३७ गरी १ सय ९१ घार सहितको मेलिफेरा जातको
माहुरी पहिलोपटक घुम्ती चरनका लागि पुर्याइएको ज्यामिरे मौरीपालन सहरकारी
संस्थाकी सदस्य माया पुनले बताउनुभयो । रासस
