बारामा दुइ महिना बितिसक्दा पनि सेवाग्राहीले राहदानी पाएनन्

उपेन्द्र यादव, बारा, माघ १० - जिल्ला प्रशासन कार्यालय बाराबाट राहदानी लिन दुई महिनादेखि राहदानीमा लाग्ने राजश्व तिरी र्फम बुझाएकाहरुले राहदानी पाउन सकेको छैनन्। मंसिर ७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा राहदानी लिनको लागि राजश्व तिरी फर्म बुझाएका ६ सय ७ जनाले माघ ९ गतेसम्म पनि राहदानी लिन प्रशासनमा दैनिक रुपमा धाइरहेका छन्। जिल्ला प्रशासन कार्यालय बाराले राहदानीको लागि फर्म बुझाएकाहरुलाई राहदानी वितरण गर्न लागि पुस २० गतेको समय दिएपनि अहिलेसम्म राहदानी वितरण गर्न नसकेको कुरा पीडितहरुले बताएका छन्।



बारा सिम्रौनगढका रोशन अली अंसारीले प्रशासनमा राहदानी लिनको लागि दैनिक प्रशासनले दिएको समय अनुसार पुस २० गते देखि दैनिक सदरमुकाम धाइरहेको कुरा बताए। उनले राहदानी लिन गाउँबाट सदरमुकाम आउँदा जादा दैनिक अरु काम गर्न सकिएको छैन भने रु २ सय खर्च समेत हुने गरेको दुःखेसो पोखे।


उनी जस्तै दैनिक रुपमै राहदानीको लागी धेरै युवाहरु कार्यालयमा धाइरहेको बुझिन्छ। जिल्ला प्रशासन कार्यलयको प्रवक्ता थमनसिंह थापाले पराष्ट मन्त्रालयको राहदानी विभागमा राहदानीको फर्म समयमै बुझाइए पनि राहदानी विभागले राहदानी समयमै उपलब्ध नगराएकोले वितरण गर्न नसकिएको कुरा बताए।


जिल्ला प्रशासन कार्यलय बाराले प्रत्येक महिनको ५ गते र २० गते राहदानी लिन बुझाएको फर्म संकलन गरी परराष्ट मन्त्रालयको राहदानी विभागमा बुझाउने गर्दछन्। यसरी जिल्लाबाट ५ गते माग भइ आएको राहदानीलाई विभागले २० गते वितरण गर्न दिने र २० गते माग भइ आएको राहदानी विभागले ५ गते वितरण गर्न दिँदै आएकोमा यसपालि समयमै वितरण गर्न उपलब्ध नगराएकोले बारामा राहदानी समयमै बितरण गर्न नसकिएको कुरा प्रशासनले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......