७ माघ, काठमाडौं । बुल्गेरियाको विपक्षी
पार्टी मुभमेन्ट फर राइट्स एण्ड फ्रिडमकका नेता अहमद डोगन असाधारण हत्या
प्रयासबाट बालबाल बचेका छन् ।
राजधानी सोफियामा जारी लोकतन्त्र र
अधिकारसम्वन्धी एक सम्मेलनका क्रममा गरामागरम भषण गरिरहेका बेला एक युवक
मञ्चमा आए र उनको कन्चटमा पेस्तोल ताके । ती सन्काह युवकले पेस्तोल मात्र
ताकेनन्, ट्रिगर दवाए तर पड्एिकन । नेता डोगनले ती युवकलाई झम्टिए र निशाना
गलत भएकाले भाग्वयसनेता डोगन बच्न सफल भए ।
उनले दोस्रो फायर गर्नु अगावै सुरक्षा
गार्ड र सम्मेलनका सहभागीले बन्दुकधारीलाई भुइमा लडाइसकेका थिए । नेता डोगन
बालबाल बच्न सफल भए ।
प्रतिनिधी बनेर प्रवेश गरेका २५ वर्षीय ती
युवकले डोगन भाषण गरिरहेका बेला मञ्चमा उक्लिएर बन्दुक ताकेका थिए ।
पक्राउ परेका युवकको साथबाट २ बटा चक्कु समेत बरामद भएको प्रहरीले बताएको छ
।
उनलाई नियन्त्रणमा लिने क्रममा सहभागीले
राम्रैसित भकुरे । अन्त्यमा पुलिसले उनलाई रगतपच्छे भएको अबस्थामा
नियन्त्रणमा लिएर सम्मेलनस्थलबाट बाहिर लगेका थिए ।




