बाबुरामले दिए एक लाख चन्दा

२९ पुस, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै गोजीबाट एक लाख रुपैयाँको बिटो झिकेर आइतबार एउटा विद्यालयलाई चन्दा सहयोग दिनुभएको छ ।
‘हुन त म हुनेखाने वर्गको मान्छे होइन, सभासद् हुँदा सभासद्को र अहिले प्रधानमन्त्रीको तलब बाहेक मेरो अर्थाेक कमाइ पनि छैन । म पैसा कमाउने बाटोतिर पनि लागिँन । तर, यो विद्यायल सहिदहरुले पढेको ठाउँ भएकाले आफ्नै तलब काटेर तपाईहरुलाई एकलाख रुपैयाँ लिएर
आएको छु ।’ आइतबार लमजुङको महेन्द्र वालविकास मावि पुगेका प्रधानमन्मन्त्रीले यसो भन्दै गोजीबाट झिकेर विद्यालयलाई एक लाख रुपैयाँ प्रदान गर्नुभयो ।
आफ्ना सशीदहरुले पढेको विद्यालय भएकाले आफूले भावनात्मक रुपमा सानो सहयोग गरेको प्रधानमन्त्रीले बताउनुभयो । साथै प्रधानमन्त्रीले राजा महेन्द्रका नाममा रहेको विद्यालयको नाम परिवर्तन गरी स्थानीय सहीद प्रकाश रिजाल-बसन्त) र मुकुन्द न्यौपानेका नाममा नामाकरण गर्न निर्देशनसमेत दिनुभयो । सहिद कुनै पार्टीका हुँदैनन् । गंगालाल दशरथ चन्द प्रजापरिषद्का मात्रै शहीद होइनन्, त्यसैले तपाईहरुले राजा महाराजाका नाममा रहेको विद्यालयको नाम परिवर्तन गरी सहीदका नाममा राख्न सानो चित्त नबनाउनोस् ।
विद्यालयको नाम परिवर्तन गरी शहीदका नाममा नामाकरण गरिए मन्त्रिपरिषद्बाट १० लाख रुपैयाँ सहयोग गर्न सकिने प्रधानमन्त्रीले मन्तब्यका क्रममा बताउनुभयो । तराईका विभिन्न ३१ वटा विद्यालयको नाम परिवर्तन गरी शहीदको नाम राखिएको र ती विद्यालयले १०/१० लाख पाएको उहाँले जानकारी दिनुभयो । 

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......