मनोज अधिकारी, पोखरा, माघ ११ - फूलबारी रिसोर्टमा चार वर्षअघि क्यासिनो सञ्चालन गर्दा करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका दुई व्यवसायी ५० लाख धरौटीमा हिजो रिहा भएका छन्। तत्कालीन क्यासिनो सञ्चालक कम्पनी फिस्टेल गेमिङ प्रालिका निर्देशकद्वय आलोक रौनियार र दीपबहादुर बस्नेत ग्रान्ड बैंक नेपालको धरौटी ग्यारेन्टीपछि हिजो साँझ रिहा भएका हुन्। जिल्ला अदालतका न्यायाधीश हेमराज पन्तको इजलासले बस्नेतसँग ३० लाख र रौनियारसँग २० लाख रुपैयाँ धरौटी लिने आदेश दिएको थियो। गत पुस ९ गते राजधानीमा पक्राउ गरी पोखरा ल्याइएका उनीहरुलाई कास्की प्रहरीको अनुसन्धानपछि माघ ५ गते कुल ४ करोड ९ लाख ७३ हजार ४ सय ४२ रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालतमा ठगी मुद्दा पेस गरिएको थियो।
अदालतको आदेशपछि बस्नेत र रौनियारले धरौटी स्वरुप बुधबारै ग्रान्ड बैंकको ग्यारेन्टीपत्र ल्याएका छन्। कागजी प्रक्रियाका कारण बैंक ग्यारेन्टी पुष्टि गर्न ढिलो भएकाले उनीहरु साँझमात्र रिहा भएको जिल्ला अदालतका स्रेस्तेदार बासुदेव न्यौपानेले जानकारी दिए।
फूलबारी रिसोर्टले ठगीको आरोपमा फिस्टेल गेमिङका चारजनाविरुद्ध प्रहरीमा उजुरी गरेको थियो। त्यसमध्ये दुई जना पक्राउ परे पनि फिस्टेल गेमिङका सञ्चालकद्वय रजत गुर्वाचार्य र सञ्जीव तुलाधर भने अझै फरार छन्। फिस्टेल गेमिङ प्रालि रजत र सञ्जीवको नाममा उद्योगमा दर्ता भएको कम्पनी हो।
२०६५ सालमा फूलबारी रिसोर्टमा क्यासिनो सञ्चालन गर्दा चार करोड ५७ रुपैयाँ बराबरको दायित्व छोडेर उनीहरु भागेका थिए। उनीहरुविरुद्ध होटलका तर्फबाट गत वैशाखमा कास्की प्रहरीमा उजुरी परेको हो। तीमध्ये रौनियार र बस्नेत नौ महिनापछि पुसमा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार फूलबारीका तर्फबाट चारै जनामाथि ४ करोड ५७ लाख १८ हजार रुपैयाँ बिगो दाबीसहित ठगीको उजुरी परेको थियो। प्रहरीले अनुसन्धानका क्रममा खुलेको विवरणका आधारमा ४ करोड ९ लाख रुपैयाँ बिगो भेट्टाएको थियो।
'त्यो कम्पनीले चार वर्षअघि आफ्नो उद्देश्यभन्दा बाहिर गएर फूलबारी रिसोर्टमा क्यासिनो सञ्चालन गरेको रहेछ,' जिल्ला प्रहरीका प्रवक्ता रवीन्द्र पौडेलले भने,'उद्योग मन्त्रालयले फिस्टेल गेमिङको क्यासिनो गैरकानूनी रहेकाले बन्द गर्ने आदेश दिएपछि चारैजना क्यासिनोको सम्पूर्ण आर्थिक दायित्व छोडेर भागेका थिए।'
कम्पनीले करिब ५ महिना क्यासिनो चलाउँदा कर्मचारीको तबल, स्थानीय व्यापारीको खाद्यान्न, पेयपदार्थ लगायत सामानको उधारो र होटलको भाडासमेत तिरेको थिएन। त्यसविरुद्व होटल फूलबारीले पुनरावेदन अदालत पोखरमा मुद्दा दायर गरेको हो। सोही मुद्दामा पुनरावेदनले गत वैशाख पहिलो साता फिस्टेल गेमिङ प्रालिका चारै सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गर्न आदेश दिएको थियो। अदालतको उक्त आदेश गत वैशाख २१ गते पाएपछि प्रहरीले होटलका तर्फबाट प्राप्त उजुरीका आधारमा उनीहरुमाथि पक्राउ पुर्जी जारी गरेको हो।
फिस्टेल गेमिङका अधिकारीहरु सयौं कर्मचारीको तलब, विभिन्न सप्लार्यस्को उधारो रकम र होटलको भाडा नबुझाई क्यासिनो सञ्चालन गर्दागर्दै भागेपछि त्यसको सम्पूर्ण दायित्व फूलबारी रिसोर्टले स्वीकार गरेको थियो। होटलले फिस्टेलका कोही जिम्मेवार व्यक्ति नआएपछि सम्पूर्ण दायित्व तिरेर आफैं क्यासिनो चलाएको थियो।
'फिस्टेलले लिएका बेला क्यासिनो राम्रै चलेको थियो,' होटलका एक अधिकारीले भने,'त्यो काण्डले केही महिना क्यासिनो बदनाम र बन्द भयो। त्यसपछि होटलले आफैं जिम्मा लिँदा राम्रो चल्न सकेन।'
फिस्टेलले तिर्न बाँकी कर्मचारीको पूरै तलब र सुविधा अझै पाएका छैनन्। होटल फूलबारीले क्यासिनोतर्फका करिब तीन सय कर्मचारीको न्यूनतम तलब मात्र दिएर आफू मातहत ल्याएकाले ती कर्मचारीको लाखौं रुपैयाँ अझै लिन बाँकी छ। फिस्टेलले क्यासिनो सञ्चालन गर्दा करिब तीन सय कर्मचारी-सुरक्षागार्ड कार्यरत थिए। त्यतिबेलाका करिब एक सयभन्दा बढी कर्मचारीले उक्त क्यासिनो छाडिसकेका छन्। हाल फूलबारी क्यासिनोमा करिब एक सय कर्मचारी छन्।