सुन व्यवसायी माघको आशमा

पुसमा भन्दा दोब्बर कारोबार हुने अनुमान

२९ माघ, काठमाडौं । माघमा धेरैले घरजमको तयारी गरेजस्तै सुनचाँदी व्यवसायीहरु पनि कारोबार बढ्ने आशमा पर्खेर बसेका छन् । विवाहको लगन नभएकाले पुसमा सुनचाँदीको कारोबार राम्रो नभएको व्यापारीहरुको भनाई छ । ‘पुसमा कारोबार राम्रो भएन, त्यसैले भाउ पनि झण्डै स्थिर अवस्थामा रहृयो’ नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले अनलाइनखबरसित भन्नुभयो-’अब माघमा बढ्छ
भन्ने आशामा छौं ।’
व्यवसायीहरुका अनुसार पुसमा दैनिक ४० किलोको हाराहारीमा सुनको कारोबार भएको छ । ‘पछिल्ला दिनहरुमा विस्तारै कारोबार बढ्न थालेको छ’ शाक्यले भन्नुभयो-’माघमा दैनिक ४० किलोसम्म पुग्ने अपेक्षा छ ।’ कारोबार त्यति राम्रो नभएकाले केही दिनदेखि भाउ अस्थिर छ । आइतबार सुन तोलाको ५८ हजार तीन सय ३० रुपैंयामा किनबेच भैरहेको संघले जनाएको छ ।
कालोबजारीको चिन्ता
केही हप्तायता चीनबाट सुन तस्करी हुने गरेको तथ्य सार्वजनिक हुँदै आएको छ । व्यवसायीहरुका अनुसार चीनबाट सुन तस्करी गरेर नेपालको बाटो हुँदै भारत निकासी हुने क्रम बढेको छ । नेपालमा माग अनुसार सुन आपूर्ति नहुँदा कालोबजारी बढेको व्यवसायीहरु बताउँछन् । ‘राष्ट्र बैंकले दैनिक १५ किलोको दरले मात्र सुन बाँडिरहेको छ’ शाक्यले भन्नुभयो-’यसले गर्दा अभावन भएर तस्करी बढेको हो ।’ सुनको आयात आफैंले गर्नु पाउनुपर्ने व्यवसायीहरुले माग गर्दै आएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......