काठमाडौं, माघ १२- सरकारले जहाज तथा हेलिकोप्टर उडाउने पाइलटहरूको स्वास्थ्य परीक्षण शुल्क १ सय ५० प्रतिशतसम्म वृद्धि गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको 'सिभिल एभिएस मेडिकल बोर्ड' ले पाइलटको स्वास्थ्य परीक्षण शुल्कमा भारी वृद्धि गरेको हो। यसअघि स्वास्थ्य परीक्षण शुल्क प्रतिपाइलट ६ सय रुपैयाँ तोकिए पनि बोर्डले बढाएर एकैचोटि १ हजार ५ सय रुपैयाँ पुर्याएको हो।
बोर्डले तोकेका डाक्टरले मात्र पाइलटको स्वास्थ्य परीक्षण गर्ने गर्छन्। पाइलटले तीबाहेक अन्य डाक्टरसँग स्वास्थ्य परीक्षण गराउन पाउँदैनन्। सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दा ३ सय रुपैयाँ लिने तिनै डाक्टरले आफूहरूलाई भने डेढ सय प्रशितश बढी लिएको भन्दै पाइलटले आपत्ति जनाएका छन्।
'पैसा ठूलो विषय होइन, तर नियम सबैलाई समान हुनुपर्छ,' नेपाल वायुसेवा निगमका एक वरिष्ठ पाइलटले भने, 'शुल्क बढी तिरेर कुनै विशेष ग्राह्यता पाउने पनि होइन।'
डा. रञ्जितसिंह बराल प्रमुख संयोजक रहेको एभिएसन मेडिकल बोर्डले पाइलटको स्वास्थ्य परीक्षण गर्न ४० डाक्टर (एइरोमेडिकल इक्ज्यामिनर) तोकेको छ। ती सबै विभिन्न अस्पतालमा काम गरिरहेका छन्। पाइलटहरूले तिनै डाक्टर काम गर्ने अस्पताल वा क्लिनिकमा गई वर्षैपिच्छे आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ।
पाइलटका अनुसार प्रत्येकले नाक, कान, घाँटी (इएनटी) र आँखाका लागि छुट्टाछुट्टै डाक्टरकोमा जँचाउनुपर्छ। सबैलाई शुल्कवापत् १ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। तीबाट अनुमोदन भएपछि परीक्षण प्रमाणपत्र उड्डयन प्राधिकरणमा पेस गर्नुपर्छ। त्यसपछि एभिएसन मेडिकल बोर्डका संयोजकले अन्तिम अनुमोदन गर्छन्।
'दस/बाह्र वर्ष पुरानो शुल्क भएकाले बढाउने निर्णय भएको हो,' बोर्डले पठाएको पत्र उद्धृत गर्दै ती पाइलटले दाबीका साथ भने, 'शुल्क बढाए पनि पाइलटकै स्वास्थ्य परीक्षण गर्न उनीहरूलाई विशेष तालिम लिएका छैनन्।'
उनका अनुसार 'इसिजी' र 'अडियोग्राम' गर्न नौ/नौ सय रुपैयाँ लिने गरिएकोमा बढाएर २ हजार पुर्यानइएको छ। नागरिक उड्डयन प्राधिकरणमै काम गरिरहेका पाइलट तथा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई भने ठ्याक्कै आधामात्र शुल्क लिइन्छ।
बोर्डले प्राधिकरणका पाइटल र एटिसीका लागि स्वास्थ्य परीक्षण शुल्कवापत् प्रतिव्यक्ति ७ सय ५० र इसिजी-अडियोग्राम गर्न १ हजार रुपैयाँमात्र तोकेको छ। यो नियमप्रति पनि अन्य कम्पनीका पाइलटहरूले आपत्ति जनाएका छन्।
नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स प्राप्त गरी सरकारी र निजी क्षेत्रमा काम गरिरहेका पाइलटको संख्या हाल २ सय ५० हाराहारी छ। नेपाली पाइलट लाइसेन्स लिएर विदेशका विभिन्न वायुसेवा कम्पनीमा जहाज उडाउने पाइलट एक दर्जनजति छन्। 'उनीहरू पनि यहीँ आएर वर्षैपिच्छे स्वास्थ्य परीक्षण गराउनुपर्छ,' एक पाइलटले भने।