५ माघ, काठमाण्डौं । एमालेले पार्टीको
कार्यकारी कमिटीमा रहन ६० बर्षभन्दा कम उमेरको हुनुपर्ने नियम बनाउने भएको छ
। आगामी महिना हुने राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा पेस गर्न तयार
पारिएको विधान मस्यौदामा केन्द्रदेखि तल्लो तहसम्मको कार्यकारी कमिटीमा रहन
७० बर्षभन्दा कम उमेरको हुनुपर्ने उल्लेख गरिएको खबर नयाँ पत्रिकाले
छापेको छ ।
राजधानीको
गोकर्णमा बिहीबारसाँझ सम्पन्न दुई दिने आवासीय स्थायी
समितिको बैठकले
विभिन्न तहका कमिटीमा निर्वाचित हुन मापदण्ड निर्धारण गरेको सचिव शंकर
पोख्रेलले जानकारी दिनुभयो । ‘७० बर्षको उमेरभन्दा पछाडि कार्यकारी सिमित
रहन नपाउने मस्यौदामा उल्लेख गरिएको छ’ उनले भने ।
आठौं महाधिवेशनले पारित गरेझैं पार्टीको मार्गदर्शक सिद्धान्त माक्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद नै हुने पोख्रेलले बताए ।

