२० पुस, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग
फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा बाँसबारीलाई ४-२
गोल अन्तरले पराजित गर्दै मनाङले उपाधी होड कायमै गरेको हो ।
जितपछि मनाङ ११ खेलबाट २४ अंकका साथ कम्तिमा २४ घण्टाका लागि दोस्रो स्थानमा उक्लिएको हो । तेस्रो स्थानमा रहेको मच्छिन्द्रको २३ अंक छ र उसले भोलि शनिबार सरस्वतीलाई पराजित गरे दोस्रो स्थान कब्जा गर्नेछ । लिग लिडर थ्रीस्टारको भने ११ खेलबाट २६ अंक छ ।
त्रिपुरेश्वसस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले सुरुवाटै बाँसबारीलाई दबावमा राखेको थियो । २६ औं मिनेटमा सिकोको प्रहार पोलमा लागेर फर्किादा बाँसबारी भाग्यमानी ठहरियो । तर, ३२ औं मिनेटमा सिकोका पासमा सुजल श्रेष्ठले गोल गर्दै मनाङलाई अग्रता दिलाए ।
३६ औं मिनेटमा कप्तान अनिल गुरुङले गोल गर्दै अग्रतो दोब्बर पारे भने पहिलो हापको अन्तिममा सुजलले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए ।
६९ औं मिनेटमा बाँसबारीका निरकुमार राईले गोल गर्दै मनाङको अग्रता ३-१ मा झोरे । त्यसको ५ मिनेटमा नै अमिर श्रेष्ठले गोल गर्दै मनाङलाई ४-१ को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा निरकुमारले बाँसबारीका लागि दोस्रो गोल गरे पनि हार टार्न सकेनन् र मनाङलाई ४-२ ले नतिजा सुम्पियो ।