एक चर्चित दिवंगत जर्मनी अभिनेताले आफूलाई
१४ वर्षसम्म बलात्कार गरेको आरोप उनकै छोरीले लगाएकी छन् । दिवंगत जर्मन
फिल्मस्टार क्लाअस किन्स्कीकी जेठी छोरी पोला किन्स्कीले आफ्नै पिताबाट आफू
बतात्कृत भएको बताएकी हुन् ।
आफू पाँच वर्षदेखि १९ वर्षकी हुँदासम्म
पिताले बलात्कार गर्ने गरेको पोलाको आरोप छ । फिल्म स्टार किन्स्कीको
मृत्यु भएको २० वर्ष
बितिसकेको छ भने आरोप लगाउने छोरी पोला अहिले ६० वर्ष
पुगेकी छन् । मृत्युको २० वर्ष बितिसक्दा पनि आफ्ना पिताको प्रशंसा
भइरहेकाले आफूलाई सैहृय नभएर यो रहस्य सार्वजनिक सार्वजनिक गर्नुपरेको
पोलाको तर्क रहेको अन्तररष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । सन् १९७० र
८० को दशकमा सर्वाधिक चर्चामा रहेका क्लाअसको निधन ६५ वर्षको उमेरमा सन्
१९९१ मा भएको थियो । पोल्याण्डमा सन् १९२६ मा जन्मेका उनले दोस्रो
विश्वयुद्धका बेला जर्मनी सेनामा काम गरेका थिए ।
आफ्ना स्वर्गीय पितामाथि पोलाले जघन्य
आरोप लगाएपछि सोसियल मिडियामा किन्स्कीको आलोचना हुन थालेको छ । तर,
किन्स्कीका जीवनी लेखक क्रिश्चियन डेबिडले भने पोलाको आरोपको बचाऊ गरेका
छन् । डेबिटको दाबी छ, किन्स्की जिवित रहेकै बेलामा पनि बाबु-छोरीको
सम्बन्धबारे हल्ला चलेको थियो ।
