राजेशलाई सुझाव- प्रधानमन्त्री हैन, बेहुला हुनुस्

नायक राजेश हमाल पछिल्लो समय राजनीतिक टिप्पणी गरिरहेका छन् । आबश्यक परे राजनीतिमा आउने बताइरहेका उनलाई कतिपयले प्रधानमन्त्री बन्न सुझाव दिएका पनि छन् । प्रधानमन्त्रीमा स्वतन्त्र ब्यक्तिको खोजी भइरहेका बेला झापामा आयोजित एक कार्यक्रममा उनलाई भावी प्रधानमन्त्रीका रुपमा सवैले ताली बजाए । हमाल मुसुमुसु हाँसिमात्र रहे । त्यसअघि कार्यक्रममा बोलेका उनले आबश्यक परे आफुमात्रै हैन सवै राजनीतिमा आउनुपर्ने बताएका थिए ।


तर, उनीपछि बोल्ने शुभचिन्तकले उनलाई प्रधानमन्त्री हैन पहिले बेहुला बन्न सुझाव दिएका छन् । काँग्रेस नेता बिश्वप्रकाश शर्मा र एमालेका सोमनाथ पार्तेलले हमाललाई अहिले नै राजनीतिक खाडलमा हाम नफाल्न सुझाव दिएको सोमबार प्रकाशित कान्तिपुर दैनिकले छापेको छ । नेता पोर्तेलले उनलाई हमाल महानायक भएकाले राजनीतिमा आएर खलनायक नबन्न सुझाव दिए ।

कांग्रेस नेताले शर्माले भने राजनीतिको होडबाजीमा लाग्न भन्दा पहिले बेहुला बन्न सुझाव दिए । ‘प्रधानमन्त्रीका लागि त जीवनभर राजनीति गरेका अबिबाहित सुशील कोइराला हुनुहुन्छ नी’ शर्माले ठट्टा गरे- ‘हमालजी चाँडोभन्दा चाँडो बेहुला बनेको राम्रो ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......