दमक । माघ १२-
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा भएको सडक दुर्घटनमा तीनजना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
विहीबार राति ८ बजेतिर पश्चिम गइहेको को १ च ५७६९ नम्बरको भेन र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ५४३३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।
बेलबारी ३ मा भएको सो दुर्घटनामा भेन चालक सामान्य घाइते भएका छन् भने मोटरसाइकल चालक झापा दमक १३ का २६ बर्षीय शरण के.सी. र पछाडी सवार दिनेश राई गम्भीर घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुवै सवारी साधन इप्रका बेलबारीको नियन्त्रणमा छन्