मलेशियाद्धारा नेपाल सामू ६६ रनको लक्ष्य प्रस्तुत


१४ माघ, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा मलेशियाले नेपाल सामू ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ ।

च्याङमाई रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २५ ओभरमा ८ विकेट गुमाए ६५ रन बनायो । उसका लागि इमाइलिया रहिमले २१ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

मलेशियालाई सस्तैमा समेट्ने क्रमाम नेपाली कप्तान रुबिना क्षेत्री र सरिता मगरले समान २ –२ विकेट लिएका छन् भने करुणा भण्डारी र निरा राजोपाध्यायले १–१ विकेट लिएका छन् ।

सिनियर महिला क्रिकेटमा नेपालले मलेशियासँग खेलेका दुवै खेलमा हार व्यहोरेको छैन । प्रतियोगिताको पहिलो संस्करणमा नेपालले मलेशियासँग बराबरी खेलेको थियो भने गतवर्ष कुबेतमा भएको ट्वान्टी–२० खेलमा ९ विकेटको जित हाँसिल गरेको थियो ।

समूह ए मा रहेको नेपाल दुई खेलमा जित निकाल्दै ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ । समान ४ अंक जोडेको हङकङ भने नेट रनरेटमा पछि पर्र्दै दोस्रो स्थानमा छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......