७ माघ, काठमाण्डौं । नेपाल प्रहरीले
विदेशी सहयोगमा अव आफैँ नियन्त्रण गर्ने भएको छ । थोरै सहयोग गरी धेरै
प्रभावमा पार्न खोज्ने विदेशी संघसंस्थालाई निरुत्साहित गर्न प्रहरीले नयाँ
नीति बनाएको हो ।
प्रहरीको
पोलिसी कोअर्डिनेसन कमिटी (पिसिसी) बैठकले अव प्रस्ताव आउनासाथ सहयोग
नलिने निर्णय गरेको हो । विदेशी सहयोग सम्बन्ध स्वीकार गर्ने/नगर्ने निर्णय
गर्न एआईजीको संयोजकत्वमा समिति गठन गर्ने
निर्णयसमेत पिसिसी बैठकले गरेको
नयाँ पत्रिकामा खबर छ ।
सहयोग दिएजस्तो गरेर आफ्नो स्वाथएमा
प्रहरीलाई प्रभावित पार्ने प्रवृत्ति विदेशी संघसस्थाको छ । ‘१/२ करोड
सहयोग गर्ने अनि नेपाल प्रहरीलाई समेत आफूले सहयोग गरेको भनेर हल्ला गर्ने र
अन्य फाइदा लिन खोज्ने संस्था धेरै छन्,’ प्रहरीको योजना तथा अन्वेषण
महाशाखाका एक अधिकारी भन्छन्, ‘त्यस्ता संस्थालाई निरुत्साहित गरिनेछ ।’
नेपाल प्रहरीलाई सहयोग गर्न छिमेकी भारत र
चीनबीच प्रतिष्पर्धा नै चलेको छ । भारतले धेरै पहिलादेखि सघाए पनि चीनले
४/५ बर्षयता सहायतामा चासो बढाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार एक बर्षमा तीन सयभन्दा बढी प्रहरी अधिकारीले चीनमा तालिम लिएका छन् ।
