मधेसी मोर्चाको बैठक आजसम्म


काठमाडौं, माघ १०- देशको समसामयिक राजनीतिक परिस्थितिका सम्बन्धमा एकीकृत धारणा तय गर्न सरकारमा सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच दलको बैठक आजदेखि राजधानीको गोकर्णमा सुरु भएको छ।
भोलिसम्म चल्ने सो बैठकमा वर्तमान राजनीतिक सङ्क्रमणबाट मुलुकलाई निकास दिनका लागि मोर्चाको
भूमिका र मधेसका मुद्दालाई कसरी सशक्तरुपमा अगाडि बढाइ समाधान गर्नेलगायतका विषयमा निर्णय गरिने मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का महासचिव जितेन्द्रनारायण देवले बताए।

सो बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेता र पदाधिकारीहरू सहभागी हुनुहुन्छ। बैठकमा फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई मधेस लोकतान्त्रिक पार्टी, नेपालको सहभागिता छ। रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......