२९ पुस, डोटी । डोटी छतिवनको रुपसकाँडामा
भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सवैको परिचय खुलेको छ । शवको
पोष्टमाटम गरी आजै अन्त्यष्टि गरिने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ
।
कर्णाली रिभर साईड यातायातको ना ४ ख ३६०३
नम्बरको बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको थियो ।
घाइते १३ जनाको
नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । यसैविच, सवारी दुर्घटनामा ज्यान
गुमाएका यात्रुको शोकमा आज अछाम जिल्ला बन्द भएको छ । दुर्घटनामा परी
ज्यान गुमाएका ३१ मध्ये २८ जना अछामकै रहेको उद्योग वाणिज्यसंघले जनाएको छ ।
मृतकको आत्मको चीर शान्तिको कामना सहित शोकाकुल परिवारमा समवेदन प्रकट गर्न जिल्ला बन्द आव्हान गरेको संघले जनाएको छ ।
उद्योग वाणिज्य संघले मंगलसैनको खुल्ला मञ्चमा शोक सभा गर्ने तयारी गरेको छ ।
