सेन लगायतका पत्रकारहरुका हत्यारालाई सजायको माग गर्दै क्रान्तिकारी पत्रकारले देशब्यापी प्रदर्शन गर्ने

काठमाण्डौ, २८ पुस । क्रान्तिकारी पत्रकार संघले द्वन्द्वकालमा पत्रकारहरुको हत्या गर्ने र वेपत्ता पार्ने कार्यमा संलग्नमाथि कानूनी कार्वाहीको माग गर्दै आगामी माघ २ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । शुक्रबार काठमाण्डौमा बसेको संघको केन्द्रीय कार्यालयको विस्तारित बैठकले माघ २ गते राजधानी लगायत देशका सवै जिल्लाहरुमा बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकले कृष्ण सेन ‘इच्छुक’ लगायत २४ जना पत्रकारहरुको हत्यामा संलग्न व्यक्तिहरुमाथि कडा कानूनी कार्वाही गर्न सरकारसँग माग गरेको छ । यस्तै

मिलन नेपाली, चित्रनारायण श्रेष्ठ र राजेन्द्र ढकाल लगायतका पत्रकारहरु वेपत्ता पार्ने कार्यमा संलग्नहरुलाई कार्वाही गर्न गर्न संघले माग गरेको छ । संघका संयोजक गोविन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति रामवरण यादवको ध्यानाकर्षण गराएको छ । शितलनिवासमा रोकिएको अध्यादेश तत्काल जारी गरी सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको ढोका खोल्न संघले राष्ट्रपतिलाई आग्रह गरेको छ । साथै संघले माघ २ गते नै राष्ट्रपतिसमक्ष ज्ञापनपत्र पेश गर्ने निर्णय गरेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......