यसको स्क्रिन १६ फिट फराकिलो छ। स्विच अफ गर्दा यो टिभी खुम्चिएर
हराउँछ। तर रिमोट कन्ट्रोलले एउटा बटन थिच्ने बित्तिकै भूँइबाट उठेर सात
पत्रको प्यानल खुल्छ र २०१ इञ्च फराकिलो स्क्रिन देखिन्छ।७ लाख २५ हजारभन्दा बढी लेडबाट बनेको यो टिभीले ४.४ ट्रिलियन रङ डिस्प्ले गर्न सक्छ। जो पायो त्यहीले नचलाओस् भन्नका लागि यसले बायोमेट्रिक फिङ्गरप्रिन्ट सेन्सर प्रयोग गर्छ।
कार कम्पनी पोर्सकै भगिनी कम्पनीले बनाएको यो टिभी पोर्स ९११ स्पोर्टस कारभन्दा चार गुणा महँगो छ। बेलायतमा यसको मोल ४ लाख १४ हजार पाउन्ड अर्थात् झण्डै पाँच करोड ६० लाख रुपियाँ पर्छ।
