समुन्द्र पौडेल, तनहुँ, माघ ९ - बन्दिपुर आएका पर्यटकले पाइलट नहुँदा प्याराग्लाडिङमा उड्न पाएका छैनन्। सिजनका बेला दैनिकजसो २/३ पर्यटक प्याराग्लाडिङबारे जानकारी लिन आउने गरेको ब्लु स्काई प्याराग्लाडिङको सम्पर्क कार्यालयका कर्मचारी दोर्जे शेर्पाले बताए। 'बन्दिपुरमा आउने केही पर्यटक प्याराग्लाडिङमा चाख राख्छन्,' उनले भने, 'तर, पाइलट नहुँदा सेवा दिन सकिएको छैन।' आफैँ उडान
गर्नसक्ने विदेशी पर्यटकका लागि भने ब्लु स्काईले बन्दिपुरमै उडान भराउने गरेको छ। 'अधिकांश पर्यटक पाइलट अभावमा उडान नगरी फर्किन्छन्,' उनले भने।
बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष बैष गुरुङ बन्दिपुरको आकाशमा उडेको देखेकाले यहाँ घुम्न आउने पर्यटकले प्याराग्लाडिङ गर्न रुचि देखाएको बताउँछन्।
कास्की सराङकोटको आकाशमा धेरै प्याराग्लाडिङ उडान हुँदा असुरक्षित र साँघुरो बन्दै गएको अवस्थामा बन्दिपुरमा पनि उडान गर्न सरकारले अनुमति दिएको हो। बन्दिपुर प्याराग्लाडिङका लागि आकर्षक थलो भएको माउन्टेन भ्यु प्याराग्लाडिङ कम्पनीका सञ्चालक शोभित बानियाँ बताउँछन्। 'एकैपटक थुप्रै प्याराग्लाडिङको उडान हुँदा पोखराको आकाश असुरक्षित बन्दै गएको छ,' उनले भने, 'पोखराबाट नजिकै भएकाले पनि बन्दिपुरलाई प्याराडिङका लागि उपयुक्त गन्तव्य बनाउन सकिन्छ।'
बन्दिपुरमा उडानका लागि स्वदेशी पर्यटकले आधा घन्टासम्मको लागि करबाहेक ५ हजार रुपैयाँ तिर्नुपर्छ। 'बन्दिपुरबाट दैनिक ६ पर्यटकलाई उडान भराए एउटा कम्पनी राम्ररी चल्न सक्छ,' बानियाँले भने।