कांग्रेस नेता बाँस्तोलाको स्वास्थ्यमा सामान्य सुधार

३ माघ, भद्रपुर । मस्तिष्कघातबाट बिरामी भई दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्थामा सामान्य सुधार भएको छ ।
बाँस्तोलाको स्वास्थ्यमा सुधार हुन थालेपछि दुई दिनअघि भेन्टिलेटर हटाई अक्सिजन दिन थालिएको उहाँका आफन्त प्रमोदचन्द्र शर्माले जानकारी गराउनुभयो । नेता बाँस्तोलाको अहिले पनि बेहोश अवस्थामै उपचार भइरहेको छ ।

मस्तिष्कको शल्यक्रियापछि निस्कने गरिएको पीप र पानी पूर्णरुपले बन्द भइसकेको र घाउ पनि चार पाँच दिनभित्र सुक्ने उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै उहाँले बताउनुभयो ।
दुई साताभित्र उहाँको स्वास्थ्यमा व्यापकरुपमा सुधार हुने अपेक्षा गरिएको छ । गत पुस १४ गत मस्तिष्कघात भएपछि उहाँको सिलगुडीस्थित न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको थियो । त्यसपछि उहाँलाई पुस १६ गते बेलुकी ९ बजे राति एयर एम्बुलेन्सबाट मेदान्त अस्पताल लगिएको थियो । रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......