मन्त्रीद्वय त्रिपाठी र महतोको सम्पत्ति कति ?


काठमाडौं, पुस २७- सरकारका दुई मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सम्पत्ति विवरण प्राप्त भएको छ। सोअनुसार भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठीका पत्नी शोभा र पिता हरिशङ्करको नाममा ललितपुर र नवलपरासीमा घर र जग्गा तथा सुनचाँदी, वित्तीय संस्थामा रकम र सेयर, ऋण तथा एक एक गाडी र स्कुटी तथा तीन गाई, एक जोड गोरु र दुई भैंसी छन्।
त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोसँग काठमाडौं, सर्लाही र धनुषामा घर र जग्गा, सुन ९५ तोला र चाँदी तीन किलो, बैंकहरुमा करिब रु सात लाख मौज्दात रकम, सेयर, एक गाडी तथा पाँच भैंसी र तीन गाई रहेको जनाइएको छ। रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......