शान्ति र सुशासन नभएसम्म शैक्षिक अराजकता : कोइराला



काठमाडौं, माघ १२- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुकमा स्थायी शान्ति, सुशासन र लोकतान्त्रिक शासन पद्धति नबसेसम्म शिक्षा क्षेत्रको अराजकता अन्त्य नहुने बताएका छन्। सभापति कोइरालाको निवास महाराजगञ्जमा आज विद्यालय शान्ति क्षेत्रबारे शीर्ष नेताहरुको प्रतिबद्धता लिन पुगेको शिक्षा पत्रकार समूहको प्रतिनिधिमण्डलसँग उनले मुलुकमा समग्ररुपमा शान्ति स्थापना नभएसम्म शिक्षा क्षेत्रमा मात्रै शान्ति छाउन नसक्ने उल्लेख गरे।

उनले प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधानको लक्ष्य पूरा गर्न नसकेको तथा नयाँ निर्वाचन हुने वातावरण पनि निर्माण नगरेको आरोप लगाए। सभापति कोइरालाले दैलेखमा बुधबार भएको झडपको घटनाको प्रमुख कारक प्रधानमन्त्री स्वयम् भएको र उहाँले नै विपक्षीलाई उत्तेजित बनाएको दाबी गरे।
त्यसअवसरमा उनले नेपाली काँग्रेसका तर्फबाट विद्यालय शान्ति क्षेत्रको अवधाणाप्रति लिखित प्रतिबद्धता जनाउँदै विद्यार्थीहरुले आफ्नो अधिकारका लागि सङ्घर्ष गर्न सक्ने तर त्यसमा राजनीतिक हस्तक्षेप तथा पठनपाठनमा अवरोध हुन नहुने उल्लेख गरे।
कार्यक्रममा पार्टीका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले पनि आफूहरुले पहिलेदेखि नै विद्यालय शान्ति क्षेत्रमा प्रतिबद्धता जनाएको बताए। प्रतिनिधमण्डलमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका पूर्वअध्यक्ष कृष्ण सुवेदी, सेभ द चिल्ड्रेनका प्रतिनिधि गोमा क्षेत्री, समूहका अध्यक्ष प्रकाश सिलवाललगायतको सहभागिता थियो। रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......