भारतका एक जना पुरुष १० महिनादेखि रुखमै
बसिरहेका छन् । उनको घर नभएकाले रुखलाई नै घर मानेर बसिरहेका होलान् भन्ने
तपाइँको अनुमान होला । तर होइन, घरजम गरेका ती पुरुषले श्रीमतीका कारण
रुखमा दिनरात कटाउनु परेको हो । हुनत ती पुरुष आफ्नै बुद्धिले रुख बासमा
गएका हुन् । वास्तवमा उनले आफ्नी श्रीमतीलाई माफी मगाउन
संजय नामका ती पुरुषले आफ्नी तारा नामकी
श्रीमतीलाई माफी मगाउन सकिन्छ की भनेर ९ महिनादेखि रुखमा बसेपनि अहिलेसम्म
सफल हुन भने सकेका छैनन् । समाचार अनुसार वानारसीको रामगाउँका संजय र
ताराबीच गएको वर्ष बिहे भएको थियो । बिहेपछि संजय जागिरको सिलसिलामा मुम्बइ
गए । केही महिनापछि जब संजय छुट्टी मिलाएर घर फर्किए तब श्रीमतीको छिमेकी
पुरुषसँग हिमचिम बढेको र लसपस भएको उनले देखे ।
संजयले अर्कैसँग सल्केको ठहर गर्दै
तारालाई गाली गरे । ताराले आफु सल्किएको कुरा अस्विकार गर्दै छिमेकीसँग
कुरा गर्दैमा शंका नगर्न भनिन् । तर संजयले भने ताराले माफी नमागेसम्म
आफुले स्वास्नीको रुपमा स्विकार नगर्ने अड्डी कँसे । उनीहरुको विवादले उग्र
रुप लियो । माइतीपक्षका मानिस पनि जुटे । तर ताराले मरिगएपनि माफी माग्न
नमानेपछि मार्च नौ तारेखका दिन संजय एकाएक एउटा अम्बाको रुखमा चढे अनि
घोषणा गरेकी ताराले माफी नमागेसम्म उनी रुखबाट ओर्लिने छैनन् ।
बोटमा अम्बा छउञ्जेल त संजयले अरुले दिएको
खाना खानै मानेनन् । तर जब रुखका अम्बा सकिए त भोकले सताउन थाल्यो र आमाले
ल्याइदिएको खाना खान थाले । आफ्नो छोराले रुखबाट ओर्लिन नमानेको र
जबरजस्ती ओरालेमा आत्महत्या गर्ने धम्की दिने गरेको संजयकी आमा बताउँछिन् ।
उनी रुखमै सुत्ने र त्यहीँ खाने गरेका छन् ।
कतिपय गाउँलेले भने संजयले नाटक मात्र
गरिरहेको र त्यहाँ मान्छे नभएका बेला फुत्त झरेर यताउता चहार्ने गरेको
बताउँछन् । लोग्नेको रुखको बास भएपनि श्रीमती तारा भने गल्ने पक्षमा छैनिन्
। आफुले गर्दै नगरेको कामको दोष नबोक्ने उनको हठ छ ।
