गृहमन्त्रीले तिब्बतीको पक्षमा काम गरेको आरोप
३
माघ, काठमाडौं । नेकपा एमालेले सरकारको राष्ट्रिय आत्मसमर्पणवादी चरित्रका
कारण राष्ट्रिय स्वाधीनता खतरामा पर्न थालेको निश्कर्ष निकालेको छ । यसको
सामनाका लागि उसले लोकतान्त्रिक शक्तिहरुको एकता र गठबन्धनलाई अझै बलियो
पार्ने निर्णयसमेत गरेको छ ।
‘मुलुकमा वैदेशिक हस्तक्षेप बढेको छ, अब
यसलाई लोकतान्त्रिक दलहरुको
राजनीतिक एकताले मात्रै रोक्न सकिन्छ ।’ एमाले
नेता शंकर पोखरेलको विश्लेषण छ- ‘एमाओवादी युद्धकालका कतिपय बाध्यता र
आफ्नो सत्तालिप्साका कारण सत्तामा टिकिराख्न विदेशी शक्तिसँग
ब्ल्याकमेलिङमा लागेको छ । राष्ट्रिय स्वाधीनताका सवालमा एमाओवादी
नकारात्मक शक्तिका रुपमा प्रस्तुत भएको छ ।’
राष्ट्रियतामा कहाँ खतरा ?
सरकारले कहाँनेर राष्ट्रघात गर्यो ? यो
प्रश्नमा एमाले नेता पोखरेलको जवाफ छ- ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल
भारतीय कम्पनीलाई दिनै लागिएको थियो, मन्त्रालयको निर्णयले मात्रै रोकिएको छ
। अरुण र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालय सुरक्षाको कारण
देखाउँदै भारतमै राख्न अनुमति दिइएको छ, हामीले सीमा नदी महाकालीको
कार्यालयसमेत त्यसरी भारतमा राख्न अनुमति दिएका थिएनौं ।’
नापी विभागमा राष्ट्रघात
भारतसँगको सीमानासम्बन्धी विवाद संवेदनशील
अवस्थामा रहेका बेला नापी विभागको प्रमुखमा विवादास्पद मानिसलाई
जिम्मेवारी दिएको भन्दै एमाले नेता पोखरेलले यो घटना पनि राष्ट्रियताका
लागि खतरानाक भएको बताउनुभयो । पोखरेलको संकेत नापी विभागका महानिर्देशक
नागेन्द्र झामाथि छ । अनलाइनखबरसँग विशेष कुराकानी गर्दै उहाँले भन्नुभयो-
‘नापी विभाग प्रमुख विवादास्पद व्यक्ति भएकाले उनले सीमाना सम्बन्धमा
राष्ट्रको हितविपरीत गलत काम गर्ने खतरा बढेको छ ।’
गृहमन्त्रीले तिब्बतीको पक्षमा काम गरेको आरोप
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले
सुरक्षामा संवेदनशील रहेको हिमाली क्षेत्र विदेशीका खुल्ला गरेर फ्रि
तिब्बतलाई बढावा दिइरहेको आरोपसमेत एमाले नेता पोखरेलले लगाउनुभएको छ ।
‘यिनलाई नेपालको सार्वभौमिकताबारे कुनै चिन्ता छैन ।’ पोखरेलको भनाइ छ ।
त्यसैगरी भारतको मात्रे नभएर नेपालमा
चिनियाँहरुको बदबदा बढ्न थालेको पोखरेलको विश्लेषण छ । उहाँ
भन्नुहुन्छ-’पोखराको विमानस्थल र त्रिशुली ए जलविद्युत आयोजना चिनियाँलाई
दिइएबाट यो प्रष्ट हुन्छ । चिनियाँहरुको बिजिनेश एप्रोच नेपालमा बढेको छ ।’
राष्ट्रवादीहरुले एक भएर सामना गर्ने
एमाले नेता पोखरेलले राष्ट्रवादी शक्तिहरु
एकजुट भएर सरकारको ‘राष्ट्रिय आत्मसमर्पणवाद’ विरुद्ध संघर्ष गर्ने
बताउनुभएको छ । यसका लागि वैद्यपक्षीय माओवादीदेखि लिएर अन्य विपक्षी
गठबन्धनलाई कसिलो पार्नुको विकल्प नरहेको एमालेको निश्कर्ष सुनाउनुभयो ।
