
४ माघ, ढाका । सिटी सेल दोस्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिप आजबाट ढाकामा शुरु हुदै छ । च्याम्पियनसिपमा नेपाली बास्केटबल टोलीले आज माल्दिभ्सको सामना गर्दै छ । ५ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक बंगलादेशले भुटानाको सामना गर्ने छ ।
आज साँझ नेपालले माल्दिप्सको सामना गर्ने छ । धनमुन्डी बास्केटबल जिम्नेजियमा हुने खेलका लागि नेपाली टोली तयार रहेको प्रशिक्षक दिनेश नकर्मीले बताए । यसअघि भएको ढाका सागमा माल्दिभ्सले नेपाललाई हराएको थियो । प्रशिक्षक नकर्मीले ढाका सागको बदला ढाका च्याम्पिनसिपमा लिने बताए । उनले ढाका सागमा सामान्य कमजोरीका कारण अन्तिम समयमा पराजय भोगेको बताए ।
