२१ पुस, काठमाडौं । राजधानीमा जारी सहिद
स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वतीले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा सरस्वतीले १-० को जित निकाल्दै उपाधी होडमा रहेको
मछिन्द्रलाई झड्का दिएको हो ।
हारपछि मच्छिन्द्रले लिग लिडर
थ्रीस्टारसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । मच्छिन्द्रको ११ खेलबाट २३
अंक छ भने लिग लिडर थ्रीस्टारको २६ अंक छ । सरस्वती भने १४ अंकका साथ ११
औं स्थानमा छ ।
त्रिपुरश्वरस्थित दशरथ रंगशालामा भएको
खेलमा सरस्वतीका लागि एक मात्र निर्णायक गोल २७ औं मिनेटमा योना इलियासले
गरेका हुन् । ३५ औं मिनेटमा कृष्णगोपाल श्रेष्ठको प्रहार मच्छिन्द्रका
बलीले गोललाइनबाट बचाए ।
६६ औं मिनेटमा कप्तान दिपक राईको बारको
केहीमाथिबाट बाहिरिँदा मच्छिन्द्रले बराबरी गर्ने मौका गुमायो । खेलमा दुबै
टोलीबाट थप गोल हुन सकेन र सरस्वतीले १-० ले आफ्नो पक्षमा पार्यो । अकोृ
खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले संकटालाई २-० ले पराजित गरेको छ ।
एपीएफको जितमा अर्जुन सुब्बा र श्याम नेपालले गोल गरे । जितपछि एपीएफ ११ खेलबाट १२ अंकका साथ रेलिगेशन जोनबाट माथि उिक्लएको छ ।
