२ माघ, काठमाण्डौं । देशमा औद्योगिक विकास
गर्ने उद्देश्यले स्थापित बालाजु औद्योगिक क्षेत्र विदेशी उत्पादनका सामान
भण्डार गर्ने गोदाम बनेको छ । उद्योगको नाममा जग्गा ओगटेर व्यापारीले
आफूखुसी गोदाम र विदेशी ब्राण्डका सोरुम चलाए पनि व्यवस्थापनले कारबाही
गर्न सकेको छैन् ।
देशको जेठो र ठूलो औद्योगिक क्षेत्रमा
व्यवसायीले स्वदेशी उद्योगको क्षेत्रमा व्यवसायीले स्वदेशी उद्योगको नाम
लिएर प्रतिरोपनी ४ सय २२ रुपैयाँमा ठूला ठूला विदेशी कम्पनीका सोरुम राख्दै
आएका छन् । औद्योगिक क्षेत्रभित्र उत्पादनमुलक बाहेक अरु उद्योग राख्न
नपाइने खबर कारोबार दैनिकले छापेको छ ।
बालाजु क्षेत्रमा व्यवस्थापक दिलेशदास
मूलले उद्योग र घरेलु तथा साना विभागमा दर्ता भएर आउने उद्योगलाई मात्र
सञ्चालन गर्न दिने बताएका छन् ।
