चरेश बोक्ने महिलाले हिरासतमै बच्चा जन्माएपछि

२१ पुस, बाँके । दाङकी सरिता थापाले प्रहरी हिरासतमै बच्चा जन्माएकी छन् । भरिया बनेर चरेश भारत लैजाने क्रममा बर्दियाको बलैगाउँ नाकामा पक्राउ परेकी थापाले इलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाको हिरासतमै बच्चा जन्माएकी हुन् ।


सुत्केरी खर्च जुटाउनकै लागि थापाले चरेश बोकेको बताएकी थिइन् । ‘सीमा पार’ गराइदिए मात्रै ५ हजार दिने तस्करले आश्वासन दिएका थिए । गर्भवती सरिताले ‘थोरै सामान’ सीमा कटाइदिए मात्रै ५ हजार रुपैयाँ आउने र त्यसले सुत्केरी खर्च चल्ने भएकाले आफुले उक्त सामान लैजान लागेको बताएकी थिइन् । मंसिर २४ गते पक्राउ परेकी उनले पुस १२ गते हिरासत मै बच्चा जन्माएकी थिइन् ।
गत जेठमा कामका लागि भारत गएका उनका श्रीमानको भने अहिलेसम्म अत्तोपत्तो छैन् । तीन सन्तानकी आमा र फेरि पनि गर्भवती भएर परिवार गुजारा चलाउन धौ धौमा परेकी सरितालाई तस्करहरुले सजिकै प्रलोभनमा पारेको नेपाल समाचारपत्रमा खबर छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......