दुवई ,माघ ६-नेपाल सरकार र युएइ विच हालै भएको श्रम सम्झौता अनुसार नेपाली कामदारको न्युनतम मासिक बेसिक सेलेरी ८०० दिराम तोके पनि श्रम मन्त्रालयको निस्क्रियताको फाइदा उठाउदै मेन पावर कम्पनीहरुले झुटो भीजा अनि मासिक सेकेरी ४५० दिराममा पठाइरहेको छ।सम्झौता पत्रमा उल्लेख गरिएको सेलेरी नपाए पछी युएइ पुगेका नेपालीहरु विचल्लीमा परेको कुरा युएइ बाट अशोक घिमीरेले झापाली आवाजलाई जानकारी गराउनु भो ।
नेपाल सरकारले ८०० बेसिक भन्दा न्यून सेलेरीमा नपठाउने भने पनी विभिन्न मेनपावर कम्पनीहरुले अझै ठगी गरिरहेका छन्। काठमाण्डौमा रहेको जबट्राक नामक मेनपावर द्वारा युएइको दुवई वोर्ल्ड सेन्टरल कम्पनीमा एक महिना अगाडी पठाइएको नेपालीहरु यस्तै ठगीमा परेकाछन। मेनपावर कम्पनीले सुरुमा ८०० बेसिक भएको नक्कली सम्झौता पत्रमा सम्झौता गराउने, रकम असुली सके पछी फेरी अर्को सक्कली पत्रमा सम्झौता गराउने अनि ८०० बेसिक भएको नक्कली सम्झौता पत्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखाउन लगाएको कुरा पनि वहाले जानकारी गराउनु भो।

