२७ पुस, काठमाडौं । बेलाबखत उग्र
अभिव्यक्ति दिएर विवादमा आउने गरेका संघीय समाजवादी पार्टीका नेता आङकाजी
शेर्पाले पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गर्न माग गरेका छन् ।
सिंहदरबार अगाडि रहेको पृथ्वीनारायणको सालिगसमेत तत्काल हटाउन शेर्पाले माग
गरेका छन् ।
दुई
सय ९१ औं पृथ्वी यजन्तीकै दिनपारेर शेर्पाले आफ्नो फेसबुक स्टाटसमा लेखेका
छन्-’१७ धार्नी आदिवासी जनजाति नेवारको नाक काट्ने पृथ्वीनारायण शाहलाई
युद्ध अपराधी घोषणा गरियोस् ।’
जिम्मेवार पार्टीका नेतासमेत रहेका
शेर्पाले लेखेका छन्-’शासक जाति र वर्गले लेखेको ईतिहासमा उत्पीडित र
उपेक्षीतहरु कथा व्यथा लेखेको हुँदैन भनेको सुनेको थिएँ । पृथ्वीनारायण
शाहको गुणगान गाउने नेपालको ईतिहासले काठमाडौ उपत्याकामा १७ धार्नी आदिवासी
नेवारहरुको नाक काटेको बारे किन बोल्दैन ?’
साम्प्रदायिक अभिव्यक्ति दिएको भन्दै
नेकपा एमालेबाट निष्काशनमा परेका आङकाजीले पृथ्वीनारायणलाई गाली गर्दै
भनेका छन्- ‘आदिवासी जनजाति नेवारको १७ धार्नी नाक काटेर गर्व गर्ने
पृथ्वीनारायण शाहलाई मरोपरान्त युद्धअपराधी घोषणा गरिनुपर्छ ।’
त्यसैगरी सिंहदरबार अगाडि रहेको शाहको
सालिक तत्काल हटाएर शंखधर चक्र -साख्वा ?) को सालिक राख्न शेर्पाले माग
गरेका छन् । ‘सिहंदरवारको अगाडि युद्धअपराधी पृथ्वीनारायण शाहको शालिक
तत्काल हटाएर शंखधर चक्रको शालिक राखियोस् ।’ शेर्पाको थप माग छ,
‘पृथ्वीनारायण शाहको गुणगान मात्र वर्णन गरिएको नेपालको इतिहास तत्काल
सच्चाइयोस् ।’ काजीले स्टाटसको अन्त्यमा लेखेका छन्- ‘विश्लेषण: आङ काजी
शेर्पा किसान’


