‘काँग्रेस-एमाले एमाओवादीको पासोमा परे’

राष्ट्रपतिले अध्यादेश पास गर्नु हुँदैन : केसी

२९ पुस, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले विपक्षी दल कांग्रेस-एमाले सधैँ एकीकृत माओवादीको पासोमा पर्दै आएको वताउनु भएको छ । काँग्रेस-एमालेले एमाओवादीको रणनीति बुझ्न नसकेकाले पनि उनीहरु जाना जान माओवादीको पासोमा बल्झिएको केसीको भनाई छ । केसीले काँग्रेस-एमाले एमाओवादीले फाल्ने नयाँ नयाँ एजेन्डा बोकेर हिँड्ने गरेकाले सहमति जुट्न नसकेको वताउनुभयो ।

आइतवार विहान अनलाइनखबरसंग कुराकानी गर्दै अध्यक्ष केसीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सजिलै राजीनामा नदिने भएकाले विपक्षी दल आन्दोलनमा जानुको विकल्प नरहेको वताउनुभयो । उहाँले भन्नुभयो,’एमाओवादी र प्रधानमन्त्रीले सहमति चाहदैनन् । त्यसैले उसको नेतृत्वमा रहेको सरकारको बर्हिगमनका लागि शसक्त आन्दोलन आवश्यक छ । ‘  केसीले भन्नुभयो,’शनिवार बेलुकी भएको विपक्षी छलफलले एमाओवादीको जालमा नफस्ने र आन्दोलनमा जाने निष्कर्ष निकालेको छ। त्यसैले सोमबार बस्ने बैठकले आन्दोलनको घोषणा गर्छ ।’ उहाँले मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा-माओवादीलाई पर्खन आइतवारको वैठक स्थगन गरी सोमबार सारिएको वताउनुभयो । केसीले सत्य निरुपण आयोग नबनाउने कार्यमा एमाओवादीसहित कांग्रेस-एमालेवीच अघोषित सहकार्य रहेको आरोप लगाउनुभयो ।
केसीले भन्नुभयो,’ सरकारविरुद्धको आन्दोलन भएकाले पनि वैद्य माओवादीको साथ आवश्यक छ । माओवादीलाई पनि साथमा लिएर आन्दोलनमा शसक्त रुपमा जानुपर्छ ।’केसीले नेमकिपा, राष्ट्रिय मधेश समाजवादी पार्टी, फोरम नेपाल पनि विपक्षीको कित्तामा आइसकेकाले धूर्वीकरण नुहने वताउनुभयो । केसीले आफ्नो पार्टी दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको विरोधमा अग्र पंत्तिमा रहेको समेत वताउनुभयो । उहाँले पत्रकार थापाका हत्याको आरोपमा पक्राउ परेकाहरुलाई कडा कारबाही गर्नु पर्ने वताउनुभयो ।
 केसीले भन्नुभयो,’राजमो जहिलेपनि दोषीलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिनु पर्छ भन्ने पक्षमा छ । त्यसैले द्वन्दकालमा साधारण जनतालाई यातना दिएका कर्नेल कुमार लामा बेलायतमा पक्राउ परेकोमा स्वागत गरेको हो ।’ उहाँले सुरक्षा अपराधमा तत्कालीन माओवादीभन्दा राज्यपक्ष हजारौं गुणा वढि दोषी रहेको वताउनुभयो ।
‘राष्ट्रपतिले अध्यादेश पास गर्नु हुँदैन’
केसीले राष्ट्रिय सहमतिविना सरकारले सिफारिस गरेका कुनै पनि अध्यादेश राष्ट्रपति डा. रामवरण यादवले पारित गर्न नहुने वताउनुभएको छ । उहाँले भन्नुभयो,’संसद नरहेका वेला कुनै पनि अध्यादेश पारित हुन दलहरुवीचको राष्ट्रिय सहमति जुटाउनु आबश्यक हुन्छ । त्यसैले सहमतिविना सिफारिस भएका अध्यादेश राष्ट्रपतिले फिर्ता पठाइदिनु पर्छ ।’ केसीले शासन चलाउन सरकारलाई चाहिने अध्यादेशको जारी गरिरहने काम राष्ट्रपतिले अब रोक्नु पर्ने वताउनुभयो । उहाँले सहमतिविना नै राष्ट्रिपतिले अध्यादेश पारित गर्दा दलहरुवीच झनै वादविवाद बढ्ने र मुलुक गम्भीर दुर्घटनामा पर्ने वताउनुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......