तपाइँ रातमा सुत्दा लुगा फुकाल्ने
गर्नुहुन्छ की हुन्न ? सायद बाहिरी कपडा फुकालेपनि भित्री लुगा चाहीँ
फुकाल्नुहुन्न होला । अझ अहिलेको जाडो याममा त बाहिरी लुगा समेत फुकाल्न धौ
धौ हुन्छ होला ।
बाहिरी लुगा समेत नफुकालीकन सुत्दाखेरी
सुत्न अप्ठेरो हुने र निद्रा नपर्ने भएकाले भित्री लुगा वा नाइट डेस लगाएर
सुत्ने चलन हुन्छ । तर
विज्ञहरुले भने सुत्दाखेरी भित्री वस्त्र समेत खोलेर
निर्वस्त्र सुत्ने गरेमा त्यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने
बताउँछन् ।
विज्ञहरुका
अनुसार निर्वस्त्र भएर सुत्नाले व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा पुग्छ ।
निर्वस्त्र सुताई व्यक्तिको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि
समेत उपयोगी हुने बताइन्छ । विज्ञहरुका अनुसार महिलामा यौन रोगको जोखिम कम
गर्न निर्वस्त्र सुताइ निकै फलदायी हुन्छ । खासगरी गुप्तांगमा हुने विभिन्न
खालका संक्रमणको खतरा कम गर्न र गुप्तांग स्वस्थ राख्नका लागि निर्वस्त्र
रुपमा सुत्नु आवश्यक हुने विज्ञहरुको ठम्याइ रहेको छ । निर्वस्त्र रुपमा
सुत्दा महिलाको गुप्तांग हुने ढुसी तथा ब्याक्टेरियाको संक्रमण नियन्त्रण
हुन्छ ।
निर्वस्त्र सुत्नुको अर्को फाइदा भने मिठो
निद्रा पर्नु हो । निर्वस्त्र सुताइले तपाइँलाई निद्राका बेला सितलता
प्रदान गर्छ जसका कारण तपाइँलाई अझ गहिरो र मीठो निद्रा पर्छ ।
रातमा सुत्दा लुगा लगाएर सुत्ने बानीले
व्यक्तिको सुन्दरतामा समेत असर पूराउँछ । विज्ञहरुका अनुसार सुत्दाखेरी
लुगा लगाउने वा बढि न्यानो भएर सुत्दा मानिसको सरीरबाट मेलाटोनिन र ग्रोथ
हर्मोनको उत्पादन कम हुन्छ । यस्तो हर्मोनको उत्पादन कम हुनु भनेको
व्यक्तिमा छिटै बुढयौलीका लक्षण देखिनु हो । निर्वस्त्र सुत्नाले व्यक्तिको
सरीरबाट यस्ता हर्मोनको उत्पादन बढि हुन्छ, जसका कारण बुढयौलीका लक्षणमा
न्यूनिकरण मात्र होइन छाला र कपालको सुन्दरतामा पनि वृद्धि हुन्छ ।
निर्वस्त्र भएर सुत्नुको अर्को फाइदा पनि छ
। त्यो के भने मोटोपन घटाउनका लागि समेत निर्वस्त्र सुताइ कामयावी हुन्छ ।
राम्रो निद्रा नपर्दा कोर्टिसोल हर्मोनको उत्पादन बढि हुने र यो हर्मोनका
कारण व्यक्तिलाई बढि भोक लाग्ने भएकाले धेरै खाने र सोही कारण मोटोपन बढ्छ ।
तर निर्वस्त्र सुत्दा पर्ने मीठो निद्राका कारण यो हर्मोनको मात्रा घट्न
गई भोकमा सन्तुलन वा नियन्त्रण आउँछ जसका कारण मोटोपन नियन्त्रणमा समेत
सघाउ पुग्छ ।
निर्वस्त्र सुत्ने बानीले व्यक्तिमा आत्मविश्वासको लेभलमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।
निर्वस्त्र सुत्ने मानिसले लुगा लगाएर
सुत्नेले भन्दा बढि यौनसुख प्राप्त गर्छन् र उनीहरुको यौन जिवन पनि सफल
बन्छ । जब दम्पतीहरु निर्वस्त्र रुपमा ओछ्यानमा सुत्छन् तब दुबैको नांगो
छालाको स्पर्शले दुबैमा लभ हर्मोन भनिने अक्जीटोसिनको उत्पादन बढाउँछ ।
यसले व्यक्तिलाई सम्भोगका लागि सक्रिय बनाउँछ र इच्छा जागृत गर्छ अनि एक
अर्कामा आकर्षण बढाउने काम गर्छ । निर्वस्त्र सुताइले मानिसमा सम्भोगका
बेला चरम आनन्द प्राप्तिको दर पनि बढाउने बताइन्छ ।
