पुरुषलाई सुत्केरी विदाबारे एमाओवादीमा छलफल !

सन्तान जन्माउन बिहे गरिरहनु नपर्ने

२ माघ, काठमाडौं । आगामी माघ २० मा हेटौडामा हुने नेकपा एकीकृत माओवादीको महाधिवेशनमा पुरुषलाई कति दिन सुत्केरी विदा दिने भन्नेबारे छलफल हुने भएको छ । महाधिवेशनमा छलफलका लागि केन्द्रीय समितिद्वारा पारित राजनीतिक प्रतिवेदनममा अध्यक्ष प्रचण्डले पुरुषहरुलाई एक महिना सुत्केरी स्याहार विदा दिइनुपर्ने उल्लेख गर्नुभएको छ ।

पुरुषलाई सुत्केरी विदा उल्लेख भएको यो प्रस्ताव राज्यसमिति र जिल्ला समितिमा छलफलका लागि जाँदैछ । महाधिवेशनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले भन्नुभएको छ-’सबै क्षेत्रका कामदार, कर्मचारी महिलालाई कम्तिमा ३ महिनाको प्रसुती/सुत्केरी विदा र श्रीमान्लाई कम्तिमा १ महिना प्रसुती/सुत्केरी स्याहार विदाको व्यवस्था गर्ने नीति लिइने छ ।’ अहिले निजामति सेवाका पुरुष कर्मचारीहरुले १५ दिन सुत्केरी स्याहार विदा पाउने गरेका छन् ।
सन्तान जन्माउन बिहे गरिरहनु नपर्ने
यसैवीच, पार्टीको राजनीतिक दस्तावेजमा प्रचण्डले विवाह नगरी जन्मेकाहरुले पनि पहिचान र पैत्रिक सम्पत्तिमा अन्य नागरिकसरह अधिकार पाउनुपर्ने धारणा अघि सार्नुभएको छ ।
अविवाहित, परस्त्री वा परपुरुषवीचको यौन सम्बन्धलाई ‘सांस्कृतिक विचलन’ मानी कडा कारवाही चलाउँदै आएको एमाओवादी पार्टीको महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदनमा प्रचण्डले लेख्नुभएको छ-’विवाहभन्दा बाहिरबाट जन्मेकाले पनि पहिचान र पैत्रिक सम्पत्ति अन्य नागरिकसरह पाउने हक र अवसर प्राप्त गर्ने अधिकार दिइने छ ।’
कम्युनिष्टहरुको राजनीतिक प्रतिवेदनमा प्रायः राजनीतिक कार्यदिशाबारे उल्लेख गरिँदै आएकोमा यो मान्यतालाई एमाओवादी अध्यक्ष प्रचण्डले दस्तावेजमा तोड्नुभएको छ । समाजका यौनजन्य मान्यतालाई पनि एमाओवादीले परिवर्तन गर्न खोजेको दस्तावेजमा झल्किन्छ । दस्तावेजमा महिलालाई इच्छा अनुसार सन्तान जन्माउने, विवाह गर्ने र सम्बन्ध विच्छेद गर्ने अधिकार दिइने उल्लेख छ । राजनीतिक प्रतिवेदनमा विगतको परम्परा तोड्दै प्रतिवेदनमा आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासका लागि चुनावी घोषणापत्रजस्तै अवधारणाहरु प्रस्तुत गरिएका छन् ।
दस्तावेजमा समुद्र पारिबाट ल्याइएको कुहिएको गहुँ खानुपर्ने बाध्यता समेत उल्लेख गरिएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......