समुन्द्र पौडेल, तनहुँ, माघ १४- हेलिकप्टर चढेर जिल्लाका विभिन्न ठाउँको भ्रमण गर्ने अवसर जुरेपछि तनहुँका बासिन्दाहरु हेलिकप्टर चढ्न आतुर भएका छन्। चौथो तनहुँ महोत्सव तथा पश्चिमाञ्चल स्तरीय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा आकर्षक प्याकेजको रुपमा हेलिकप्टरबाट जिल्ला भ्रमण समावेश गरेको हो।
शनिबारदेखि हेलिकप्टरको प्याकेज उडान सुरु गरिएकोमा पहिलो दिन ३० जनाले हेलिकप्टरमा उडेर जिल्लाका पर्यटकीय, धार्मिक एवं सांस्कृतिक स्थलको भ्रमण गरेको हेलिकप्टर व्यवस्थापन समितिका संयोजक डिल्लीराम विकले बताए। 'पहिलो दिन ६ उडानमा ३० जनाले भ्रमण गरे,' उनले भने, 'अधिकांश सर्वसाधारणले लामो प्याकेजमा उडान भर्ने गरेका छन्।'
१० मिनेट र १५ मिनेटको उडान समयका आधारमा हेलिकप्टरका दुई प्याकेज निर्माण गरिएको वि.कले बताए। 'सस्तो मुल्यमा नै हेलिकप्टर चढ्न पाएपछि थुपै सर्वसाधारणले टिकट बुकिङ गरेका छन्,' उनले भने, 'महोत्सवको आकर्षण रहेको हेलिकप्टरको प्याकेजलाई जिल्लाबासीले अवसरको रुपमा सदुप्रयोग गरेका छन्।' १० मिनेटका लागि ४ हजार ६ सय ५० र १५ मिनेटका लागि ६ हजार एक सय रुपैयाको प्याकेट राखेको आयोजकले जनाएको छ।
मौसम राम्रो भएकाले हेलिकप्टरबाट जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न पाएकोमा जिल्लाबासीले खुसी व्यक्त गर्ने गरेको महोत्सवमा प्रयोग गरिएको एअर डाइनेष्टि हेलि सर्भिसका पाइलट क्याप्टेन अरुण मल्लले बताए। 'नजिकैबाट यहाँका स्थानहरुको अवलोकन गर्दा मलाई पनि रमाइलो लाग्यो,' उनले भने, 'हेलिकप्टर चढेका सर्वसाधारणले पनि खुसी हुँदै धन्यवाद दिए।' छोटो प्याकेजमा हेलिकप्टरबाट महोत्सव स्थलबाट बन्दिपुरसम्म उडान भर्ने र लामो प्याकेज अर्न्तगत महोत्सव स्थलबाट बन्दिपुर, छिम्केश्वरी, पालुङटार लगायतका स्थानको भ्रमण गराइने उनले बताए। मल्ल १७ वर्षदेखि हेलिकप्टरका पाइलटको रुपमा कार्यरत छन्।
हेलिकप्टरको प्राविधिक रेखदेखका लागि इन्जिनियर सहितका ४ जनाको प्राविधिक टोली दमौलीमा नै रहने चौथो तनहुँ महोत्सवका मुल संयोजक देवकुमार श्रेष्ठले बताए। महोत्सवको दोस्रो दिन शनिबार ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरी ५० लाख मुल्य बराबरको कारोवार गरेको महोत्सवका प्रवक्ता राजेन्द्र कुमालले बताए।