झापा,माघ १३-पूर्वी नेपालमा बस्दैआएका ७५ हजार बढी भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्बास भएका छन् । झापा र मोरङका २ शिविरमा बस्दै आएका ७५ हजार २ सय ७५ जना जना शरणार्थीहरु तेस्रो मुलुक पुनर्बास भएका हुन् ।
तीमध्ये सबैभन्दा बढी ६३ हजार ५ सय ४६ जना शरणार्थीहरु अमेरिका पुनर्बास भएका छन् । क्यानाडामा ५ हजार ३ सय ११, अष्ट्रेलियामा ३ हजार ८ सय ३८ जना, न्युजिल्याण्डमा ७ सय १० जना, डेनमार्कमा ७ सय ४१ जना, नर्वेमा ५ सय ४६ जना,
नेदरल्याण्डमा ३ सय २६ जना पुगेका छन् । संयुक्त अधिराज्यमा सबैभन्दा कम्ती २ सय ५७ जना पुनर्बास भएको शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोगले जनाएको छ ।
अब शिविरमा ४० हजार ९ सय ७१ शरणार्थी रहेका छन् । तीमध्ये पनि ३० हजार ९ सय ३३ जनाले तेस्रो मुलुक पुनर्बासका लागि इच्छापत्र भरेका उच्चायोगले जनाएको छ ।