केटी सन् २०१३ की सबैभन्दा कामुक महिला !

kety-perryजनवरी, काठमाडौं । हलिउडकी पपस्टार केटी पेरीलाई सन् २०१३ को सबैभन्दा कामुक महिलाको उपाधि दिइएको छ । पेरीलाई उक्त उपाधि ‘मेन्सहेल्थ’ नामक वेबसाईटले दिएको जनाइएको छ ।
उक्त वेबसाईटले यसवर्ष २८ वर्षीया पेरीले जत्तिको उपलब्धी अन्य महिलाले हासिल गर्न नसक्ने भन्दै पेरीलाई सबैभन्दा कामुक महिलाको उपाधि दिएको उल्लेख गरेको जनाइएको छ ।

त्यस्तै कामुक महिलाको दोस्रो स्थानमा अभिनेत्री मिला कुनिसलाई राखिएको छ भने हलिउड अभिनेत्री क्रिष्टिना हेन्ड्रिक्सलाई तेस्रो दर्जा दिएको जनाइएको छ । त्यस्तै यस सुचीको शीर्ष ५ मा जेनिफर लरेन्स, जेनिफर एनिस्टन लगायत रहेका छन् ।
त्यस्तै कामुक महिलाको सुचीको शीर्षमा पर्ने अन्य सुन्दरीहरुमा एन्जोलिना जोली, बियोन्से लगायत रहेको जनाइएको छ । एजेन्सीको सहयोगमा

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......