एमाओवादी ‘एक घर एक सुझाव’ अभियानमा

३ माघ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीले देशभर ‘एक घर एक सुझाव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीका तर्फबाट विगतमा भएको कमीकमजोरीलाई सच्याएर आगमी दिनका रणनीतिमा स्थानीय स्तरका कार्यकर्ताको सुभाव सहित अघि बढ्न यो अभियानमा लागेको महाधिवेसनका प्रसार समिति सदस्य जोखबहादुर महराले जानकारी दिनुभयो ।

सातौँ राष्ट्रिय महाधिवेशन प्रचार-प्रसार समितिले ७५ वटै जिल्लाका हरेक घरघर पुगेर सर्वसाधारणसँग सुझाव लिनेछ । संकलित सुझावका आधारमा पार्टीले भावी कार्यक्रम तय गर्ने महराले बताउनुभयो ।
सुझाव संकलनको काम मंगलबारबाटै सुरु भएको प्रचार-प्रसार समितिले जनाएको छ । संकलित सुझावहरूलाई ७ औँ महाधिवेशनमा पेस गरिने माओवादीले जनाएको छ ।
जनताको पार्टी बनाउन यो अभियान थालिएको महराले बताउनुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......